कालो धनलाई सेतो बनाउन एक मौका दिनुपर्ने ओलीको भनाई

कालो धनलाई सेतो बनाउन एक मौका दिनुपर्ने ओलीको भनाई संगै उनि प्रम बन्ने पक्का भएकोमा कालो धनवालाहरू हर्षित भएका छन् ।

सम्पत्ति शुद्धीकरणका सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीति ‘मुसा निस्कने दुलामा साँचो थापे जस्तो’ मात्रै भएको ओलीको प्रतिक्रिया छ ।

नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुलाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले उद्योगीहरुको मागअनुसार एकपटकका लागि स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका हुन् ।

अहिलेको नीति मुसो निस्किने दुलामा साँचो थापेर बसेजस्तो भएको र यसले लुकेको पैसा बाहिर नआउने तर्क गर्दै ओलीले भने, ‘मनी लाउन्डरिङ भनेको जसले पैसा निकाल्छ, त्यसलाई समाउने मात्रै होइन, यो लाउन्डरिङ नै भएन ।’

ओलीको प्रश्न छ- ‘लगानीलाई लाउन्डरिङ मान्ने कि नमान्ने ? लाउन्डरिङको नयाँ परिभाषा के हो ? यदि हुँदैहुँदैन भने यो शब्द फेरिदिऊँ ।’

उद्योगीहरुसामू रहेको अण्डरग्राउण्ड मनी बाहिर ल्याउन सुधार गर्नुपर्छ कि भन्दै एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘लुकेको पैसा इन्भेस्टमेन्टमा लाग्न सकोस् । आइडल बसेकाले रोजगारी सिर्जना गर्न सकोस् । यसमा अलिकति सोच्नु पर्ला कि ?’

एमाले अध्यक्ष ओलीले एउटा निश्चित समय सीमा दिएर सम्पत्ति अभिलेखीकरण गर्न दिने संकेत गरेका छन् । ओलीले भने, ‘एउटा कट अफ प्वाइन्ट मानेर अण्डरग्राण्ड मनीलाई शुद्धीकरण हुन दिने र सरकारले कर लिने कि ? नत्र कोही क्यासिनोमा जान्छ ।’

नेपालका उद्योगी व्यवसायीहरुले एकपटकका लागि आफ्नो सम्पत्ति अभिलेखीकरण गर्न दिनुपर्ने माग गर्दै आएका छन् । यसका लागि पटकपटक लबिङ पनि भएको थियो ।

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष ओलीले उद्योगीहरुको त्यस्तो आग्रहबारे एकपटक सोच्नुपर्ने बताएका हुन् ।अनलाइन खबर लेख्छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *